दफा ३३
आकस्मिक स्वास्थ्य उपचार कोष स्थापना गर्न सक्ने
: (१) मन्त्रालय र प्रदेश सरकारले गरीव तथा विपन्न तथा घर ठेगाना पत्ता नलागेको व्यक्ति, जन आन्दोलन, सशस्त्र संर्घष र क्रान्तिका क्रममा जीवनको उत्सर्ग गर्ने शहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितलाई उपचार गर्दा लागेको खर्च व्यहोर्न नसकेको अवस्थामा त्यस्तो व्यक्तिलाई उपचारको व्यवस्था गर्न आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको कोषको सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।